नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः मन्त्री गुरुङ

362 Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताउनुभएको छ । 

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । 

नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेकोसमेत उल्लेख गर्नुभयो । 

अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको बताउँदै उहाँले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने र मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गर्नुभयो । 

मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनीसमेत दिनुभयो ।