तपाईंकाे भाग्यः यस्ताे छ आजकाे राशिफल

299 Shares

काठमाडौँ । आज २०८२ साल ज्येष्ठ ८ गते बिहिबार,  तदनुसार २२ मे २०२५ । दशमी तिथी ३९ घडी ४ पला उप्रान्त एकादशी तिथी प्रारम्भ  हुनेछ । पूर्वभद्रा नक्षत्र २१ घडी ५० पला पूर्वभद्रा नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१४ मा भयो भने सर्यास्त ६ः४९ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा कुम्भ राशिमा ।

मेष राशि
काममा ढिलासुस्ती भएर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउनेछ। पुर्ख्यौली सम्पत्तिमा विवादको सामना गर्नुपर्ने देखिन्छ । बाेलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर जानेछ।

वृष राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले गर्दा काममा सफलता प्राप्त गर्न सकिनेछ । पारिवारिक सरसहयोग पाइने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।

मिथुन राशि
स्वास्थ्यमा उतारचढाव आउनेछ । सञ्चित धनको नाश हुनेछ। थोरै कुरामा विवाद बढ्नुका साथै विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । साझेदारी काममा बाधा आउनेछ।

कर्कट राशि
सामाजिक उत्तरदायित्व बढेर जानेछ । माङ्गलिक कार्यमा सहभागी भइनेछ। रचनात्मक काममा अगाडि बढिनेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । लेखनशैलीमा तीव्रता आउनेछ।

सिंह राशि
शत्रु पक्षबाट तपाईंकै जित हुनेछ । बोलीमा मिठास छाउनेछ। मानसम्मान पाइने योग छ। लेखनशैलीमा तीव्रता आउने देखिन्छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने योग छ।

कन्या राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । न्यायिक काममा तपाईंकै जित हुने देखिन्छ ।

तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । धार्मिक कार्यमा बाधा आउनेछ। अनावश्यक विवाद बढेर जाने देखिन्छ । झुटा आरोपको सामना गर्नु पर्दा मानसिक तनाव बढेर जाने देखिन्छ ।

वृश्चिक राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्‍याउनुहोला । आफूले राम्रो बोल्दा पनि अरुले नराम्रो सुन्ने योग देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।

धनु राशि
अधुरा काम पूरा भएर जानेछन् । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। लेखनशैलीमा तीव्रता आउने छ । लामो दोहोरीको यात्राको अवसर जुट्नेछ। बोलीमा मिठास छाउनेछ । फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ ।

मकर राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जानेछ। आकस्मिक धनलाभ मिल्नेछ । पारिवारिक सरसहयोग मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ।

कुम्भ राशि
पारिवारिक सरसहयोग मिल्नेछ । आयमा वृद्धि भएर जानेछ। विद्या क्षेत्रमा सुधार भएर जानेछ। न्यायिक काममा सफलता मिल्नेछ। लेखनशैलीमा तीव्रता आउनेछ। साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ ।

मीन राशि
मिस्टान्न भोजनको अवसर जुट्नेछ । अनावश्यक विवादको अन्त्य भएर जानेछ। व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । पारिवारिक साथ सहयोग देखिन्छ ।