विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री

357 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि सशस्त्र प्रहरी बलले निष्ठापूर्वक काम गर्नुपर्ने बताउनुभएको छ। 

सशस्त्र प्रहरी बलको कुरिनटार विपद् व्यवस्थापन तालिम शिक्षालयको तालिम समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विपदका समयमा आम नागरिकको जिउ, जीवन र धन रक्षाका लागि सशस्त्र प्रहरी बल सधैं अग्रगतिमा रहनुपर्ने बताउनुभएको हो । उहाँले तराई, मधेस, पहाड, हिमाल जुनसुकै ठाउँमा पर्ने विपद्को समयका लागि तयार भएर बस्न निर्देशनसमेत दिनुभयो । 

मन्त्री लेखकले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि हुँदै आएको कामको प्रशंसा गर्दै विपदमा परेका नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहका सरकार आपसमा मिलेर विपदको जोखिम न्यूनिकरण गर्दै जनधनको सुरक्षा गर्नु वर्तमानको आवश्यकता भएको बताउनु भयो । 

उहाँले तालिममा हासिल भएका सीप राष्ट्रका लागि समर्पित गर्दै नागरिकको जीवन रक्षाका लागि निष्ठापूर्वक काम गर्न आग्रह गर्नुभयो ।