346
Shares
काठमाडाैं । नेकपा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताउनुभएको छ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताउनु भयो । प्रतिवेदन बनाउन धेरै मिहेनत भएपनि केही अपूरो रहेको बताउँदै उहाँले विमानस्थलको सम्झौता, ह्याण्ड्ओभर, चाभी हस्तान्तरणबारे पनि अध्ययन जरुरी रहेको बताउनु भयो ।
अझै राम्रोसँग अध्ययन जरुरी रहेको भन्दै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे थप अध्ययन गर्नुपर्नेमा जाेड दिनुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया