काठमाडौँ । २०८२ साल जेठ ७ गते बुधबार, तदनुसार २१ मे २०२५ । नवमी तिथी ४८ घडी ४ पला उप्रान्त दशमी तिथी प्रारम्भ हुनेछ । शतभिषा नक्षत्र २६ घडी २६ पला पूर्वभद्रा नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१४ मा भयो भने सर्यास्त ६ः४८ मिनेटमा हुनेछ । आज बुधबार चन्द्रमा कुम्भ राशिमा:
मेष
माङ्गलिक कार्यमा सहभागी भइनेछ। शैक्षिक क्षेत्रमा प्रगति भएर जानेछ। नयाँ कार्यको थालनी हुनुका साथै आर्थिक क्षेत्रमा समेत सुधार भएर जाने देखिन्छ। मानसम्मान पाइने योग छ।
बृष
बोलीमा कठोरता हुनेछ । न्यायिक कार्यमा बाधा हुनुका साथसाथै परिवारमा असमाञ्जस्यता बढ्नेछ । अपव्यय हुनेछ। लेखन शैलीमा कमी आउनेछ। कुरा काट्नेहरु सक्रिय रहनेछन् ।शैक्षिक क्षेत्रमा बाधा हुनेछ ।
मिथुन
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । धार्मिक कार्यमा बाधा आउनेछ । भौतिक साधनको बाधा आउनुका साथसाथै सामाजिक कार्यमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।
कर्कट
व्यापार व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ । माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। सामाजिक कार्यमा सफलता प्राप्त नहोला भन्न सकिँदैन।
सिंह
बाेलीको प्रभाव बढेर जानेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
कन्या
पारिवारिक समस्याले सताउनेछ । गरिरहेको काममा बाधा हुनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनुका साथसाथै वैदेशिक कार्यमा समेत घाटा बेहोर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।
तुला
न्यायिक कार्यमा बाधा आउनेछ । मानसम्मानमा आघात पुग्ने देखिन्छ। परिवारमा कलह बढेर जानुका साथसाथै स्वास्थ्यमा समेत उतारचढाव आउने देखिन्छ । गरिरहेको काममा बाधा आउनेछ।
बृश्चिक
अध्ययन अध्यापनमा सफलता मिल्ने देखिन्छ । मान्यजनको सर सहयोग पाइने योग छ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
धनु
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन् । भोजभतेरमा सहभागी हुने अवसर मिल्ने देखिन्छ । नयाँ कार्यको थालनी हुने योग छ।
मकर
पारिवारिक कलह बढेर जानेछ । थोरै कुरामा पनि देशको मात्रा बढ्नुका साथसाथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ। न्यायिक कार्यमा बाधा हुनाले मनमा चिन्ता बढ्ने देखिन्छ शारीरिक आलस्यता बढेर जानेछ।
कुम्भ
आयआर्जनमा वृद्धि भएर जानेछ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य हुनुका साथसाथै जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। मानसम्मान पाइने योग छ।
मीन
पैत्रिक सम्पत्तिको विषयलाई लिएर परिवारमा मनमुटावको सृजना नहोला भन्न सकिँदैन ।धार्मिक यात्रामा बाधा हुनेछ। दाम्पत्य जीवनमा। शैक्षिक क्षेत्रमा समेत बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया