भूमी विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

366 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद विमला सुवेदीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ।

मंगलबार प्रतिनिधि सभामा भूमीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले अध्यादेशका रुपमा आउँदा नै विवादित विधेयक फेरि संसदमा ल्याउनुले सरकार विचौलियाको स्वार्थमा दृढ संकल्पित छ भन्ने कुरा पुनः पुष्टि गरेको आरोप लगाउनु भयो । 

सरकार जनताप्रति समर्पित नभई निश्चित व्यक्ति, समूहको सेवामा समर्पित रहेको कुरा प्रमाणित भएको आरोप लगाउँदै सांसद सुवेदीले भूमिहीन व्यक्तिलाई जग्गा उपलब्ध गराउने व्यवस्था गरेजस्तो गरेर भूमिहीनलाई बसोबास गरिरहेको ठाउँबाट हटाउन खोजेको आरोप लगाउनु भयो । 

उहाँले घरजग्गा बिक्रीसम्बन्धी व्यवस्थाको विरोध गर्दै विधेयक जनताका लागि हानिकारक भएको दाबी गर्नुभयो ।