आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

416 Shares

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो १ बजे समितिका बैठक कक्ष सिंहदरबारमा बस्नेछ । 

बैठकमा संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।