शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँः राधिका शाक्य

392 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताउनुभएको छ।

सोमबार काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं पुस्तक समीक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओलीसँग विवाह गरेको करिव ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गर्नुभयो । 

यदि पदको दुरुपयोग गरेर कसैलाई कुनै पदमा राखेको फेला पारेर ल्याउन चुनौति दिनुभयो । कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफू कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने बताउनु भयो । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने बताउनु भयो । 

प्रथम महिला शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पार्नुभयो ।