प्रतिनिधि सभाबाट जलस्रोत विधेयक-२०८१ पारित

375 Shares

काठमाडाैं । प्रतिनिधि सभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो । 

बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो । 

उक्त प्रश्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते ११ बजे बस्नेछ ।