काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचन प्रणाली कसैलाई बहुमत ल्याउन नदिने खालको रहेको बताउनुभएको छ।
सोमबार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु मिसन ०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताउनु भयो ।
नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताउँदै उहाँले समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भएपनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताउनु भयो । यही प्रणालीभित्र बहुमत ल्याउने गरी आवश्यक तयारी थाल्न निर्देशन दिनुभयो । अराजकता सदैव आफूहरुको शत्रु भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया