काँग्रेसभित्र अहिले उकुसमुकुस छः महामन्त्री थापा

315 Shares

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताउनुभएको छ।

सोमबार काठमाडौंमा सुवास घिमिरेले लेख्नुभएको विपी कोइरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गर्नुभयो । 

उहाँले तर सँगै काँग्रेसमा एउटा अवसर पनि रहेको बताउनु भयो । काँग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि काँग्रेसकै रहने बताउँदै उहाँले अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि काँग्रेसीजनमा खुशी नरहेको बताउनु भयो ।

महामन्त्री थापाले काँग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताउनु भयो । उहाँले नेपाली समाजमा एउटा उकुसमुकुस रहेको बताउँदै बाहिर आउने र जानेकुरा चलिरहने बताउनु भयो । नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताउँदै काँग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताउनु भयो ।