काठमाडौँ । २०८२ साल ज्येष्ठ ५ गते सोमबार । तदनुसार १९ मे २०२५ सप्तमी तिथी । ५१ घडी १४ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ । श्रवण नक्षत्र २७ घडी २० पला धनिष्ठानक्षत्र प्रारम्भ हुनेछ । ब्रह्मयोग भर करण । आज बिहान सूर्योदय ५ः१५ मा भयो भने सर्यास्त ६ः४७ मिनेटमा हुनेछ। आज सोमवार चन्द्रमा मकर राशिमा।
२०८२/०२/०५
मेष राशि
खर्चको मात्रा बढेर जानेछ । आफन्तमा विवाद बढेर जानेछ। आयमा कमी आउनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ।
वृष राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । सामाजिक काममा बाधा आउनुका साथै पारिवारिक कलहसमेत बढेर जानाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
मिथुन राशि
बोलीमा सुधार आउनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । अनावश्यक विवादको अन्त्य भएर जाने देखिन्छ।
कर्कट राशि
माङ्गलिक कार्यमा सहभागी भइनेछ । स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जाने देखिन्छ । बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ।
सिंह राशि
बोलीमा कठोरता आउनेछ। अनावश्यक विवाद बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। मुद्दा मामिलामा कसिने योग छ। लेखनशैलीमा कमी आउनेछ।
कन्या राशि
जग्गा जमिनसम्बन्धी विवाद बढेर जानेछ । स्थानान्तरणको योग रहेको देखिन्छ । गरिरहेको काममा बाधा आउनेछ । विश्वास गरेका साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ।
तुला राशि
आयआर्जनमा वृद्धि भएर जाने छ। पठनपाठनमा सफलता पाइने योग छ। धार्मिक कार्यमा सहभागी भइनेछ । लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ।
वृश्चिक राशि
व्यापार व्यवसायमा राम्रै आम्दानी गर्न सकिनेछ । आकस्मिकरुपमा फसेको धन उठ्न सक्ने सम्भावना बढेर जाने देखिन्छ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ।
धनु राशि
अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ । लेखनशैलीमा कमी आउनेछ। सञ्चित धनको नाश हुने देखिन्छ । वैदेशिक काममा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
मकर राशि
तरल पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सहयोगले काममा सफलता मिल्नुका साथै धनमाल जोडिन सक्ने सम्भावना बढेर जाने देखिन्छ।
कुम्भ राशि
पैत्रिक सम्पत्तिमा केही विवादको सामना गर्नुपर्ने देखिन्छ । लेखन शैलीमा कमी आउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ।
मिन राशि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। बोलीमा मिठास छाउने छ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। भोजभतेरमा सामेल भइनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया