काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आइतबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै सांसद गौतमले भारतलाई सित्तैमा शालिग्राम दिन नहुने बताउनुभएको हो । उहाँले कालीगण्डकी नदीको शालिग्राम नेपाली जनतालाई थाहै नदिई काँग्रेस र माओवादी नेतृत्वको सरकारले भारतलाई शालिग्राम सित्तैमा दिएको बताउनु भयो । उहाँले हिरा कसरी बन्छ भनेर अध्ययन अनुसन्धान नगरिकनै बहुमूल्य शालिग्राम सित्तैमा दिनु उचित नभएको टिप्पणी गर्नुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले अहिलेको पुँजीले गर्नसक्ने जतिमात्र काम गर्नुपर्नेमा जोड दिनुभयो । यदि देश विकास नै गर्ने हो भने औद्योगिकीकरण गर्ने भनेको क्षेत्र कृषि मात्रै भएको दाबी गर्नुभयो । तर बजेट र योजना फरक भएको भन्दै कृषिमा बजेट दिनुको साटो किसानलाई बजेट दिँदा फरक हुने उहाँको भनाइ थियो ।
उहाँले विदेशबाट भित्रने रेमिट्यान्सको सही सदुपयोग गरेर उत्पादनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया