455
Shares
काठमाडौं । रसुवागढी नाकाबाट आइतबार साढे ७ किलो सुन बरामद भएको छ।
चीनको केरुङबाट नेपाल आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको स्याउ बोकेको कन्टेनरबाट साे परिमाणको सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएकाे छ ।
प्रहरीले साे नाकाबाट सुनसहित चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ का २४ वर्षीय किशोर भुजेल रहेका छन् ।
चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको प्रहरीले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया