तीनकुने घटनाको अनुसन्धान सकियो, केही दिनमै सार्वजनिक हुन्छः मानवअधिकार आयोग

601 Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत चैत १५ गतेको तीनकुने घटनासम्बन्धमा आयोगले अनुसन्धान पूरा गरेको बताएको छ।

तीनकुने घटनामा मृत्यु भएका पत्रकार स्वर्गीय सुरेश रजकका परिवारको ध्यानाकर्षण पत्र बुझ्दै आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडाले उक्त घटना गम्भीर विषय भएकोले द्रुत गतिमा अनुसन्धान सम्पन्न भएको जानकारी दिनुभएको हो । उहाँले अनुसन्धानको निष्कर्षसहित केही दिनभित्र सार्वजनिक गर्ने आयोगले तयारी गरिरहेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानबाट निकालिएको निष्कर्ष र राज्यले पूरा गर्नुपर्ने दायित्वसहित मृतकका परिवार र घाइतेलाई के गर्नुपर्छ भन्ने सुझावसमेत आउने बताउनु भयो । 

प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार रजककी श्रीमती सुज्यान मागियाले उक्त घटना योजनाबद्ध, षड्यन्त्रमुलक वा अन्य कुनै आपराधिक कार्यबाट हुन गएको आशंका गर्दै न्यायोचित छानविनका लागि आयोगसमक्ष आग्रह गर्नुभएको छ ।