कस्ताे छ तपाईंकाे भाग्य ?, हेराैं आजकाे राशिफल

277 Shares

काठमाडौं । २०८२ साल जेठ ४ गते आइतबार  । तदनुसार १८ मे २०२५ षष्ठी तिथी ।  ५४ घडी १३ पला उप्रान्त सप्तमी तिथी प्रारम्भ  हुनेछ । उतरषाढा नक्षत्र २५ घडी, ४१ पला श्रवण नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१५ मा भयो भने सूर्यास्त ६ः४६ मिनेटमा हुनेछ। आज आइतवार चन्द्रमा मकर राशिमा । 

२०८२/०२/०४

मेष राशि
दाजुभाइमा कलह बढेर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउनेछ । गरिरहेको काममा ह्रास आउनुका साथै मातृ स्वास्थ्यमा उतारचढाव आउनाले मानसिक तनाव बढेर जानेछ।

वृष राशि
आँखासम्बन्धी समस्याले सताउनेछ । पारिवारिक कलह बढेर जानेछ। साथीभाइमा मनमुटावको सिर्जना हुने देखिन्छ। अनावश्यक यात्राको तयले आफ्नो काममा बाधा आउने देखिन्छ।

मिथुन राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । स्थायी सम्पत्तिमा लाभ मिल्नेछ । रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ। शत्रुपक्षबाट तपाईंकै जित हुने योग रहेको छ।

कर्कट राशि
पतिपत्नीबीच माधुर्यता छाउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नुका साथै पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुनेछ। प्रेम गर्ने अवसर जुट्ने देखिन्छ।

सिंह राशि
आफन्तमा वैरभाव आउनेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै थोरै कुरामा समेत विवाद सिर्जना हुने देखिन्छ।

कन्या राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । लामो दुरीको यात्राको योग रहेको छ। वैदेशिक कार्यमा बाधा आउनुका साथै राज्यपक्षबाट समेत केही कष्टता पाइने देखिन्छ।

तुला राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ । राजनीतिमा भने त्यति राम्रो देखिँदैन। सजग रहनुहोला।

वृश्चिक राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । पठनपाठनमा सफलता प्राप्त हुने देखिन्छ। माङ्गलिक कार्यमा सहभागी भइनुका साथै आकस्मिक धनलाभ मिल्ने देखिन्छ।

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । आयमा कमी आउने देखिन्छ। अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

मकर राशि
कृषि तथा चपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ । धार्मिक कार्यमा सहभागी भइनेछ। स्थायित्व काममा लागि परिनेछ भने मिष्ठान्न भोजनको अवसर जुट्नेछ।

कुम्भ राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ । लेखनशैलीमा कमी आउनेछ। छालासम्बन्धी समस्याले सताउनेछ। पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ।

मीन राशि
न्यायिक कार्यमा तपाईँकै जित हुनेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ ।आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ दाजुभाइको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।