काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताउनुभएको छ।
शनिबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौं विकृति र विसंगतिहरुसँग जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले मुलुकको परिस्थितिको आधारमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया