काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
देशका अधिकांश स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ। केही दिनयता बढेको गर्मीका कारण जनजीवन प्रभावित भएकोमा वर्षाले राहत मिलेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको समेत पूर्वानुमान गरिएको छ।
विभागले जनाएअनुसार हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया