काठमाडाैं । साउदी अरबको मक्का–मदिना हज यात्रा गर्न लागेका हज यात्रीहरूलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको छ।
बिहीबार काठमाडौंस्थित पञ्चकाश्मिरी मस्जिदमा हज यात्रीहरुलाई रोग प्रतिरोधात्मक खोप प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विगत वर्षहरुभन्दा यस वर्षको हज यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको बताउनु भयो । उहाँले मक्कामा हज गर्न जानु मुस्लिम समुदायको परम्परा रहेको उल्लेख गर्दै हज यात्रालाई थप व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले हज गर्न जान लागेका यात्रीहरुलाई शुभकामनासमेत व्यक्त गर्नुभयो ।
नेपाल हज यात्रा समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले नेपालमा हज हाउस निर्माण गरिदिन सरकारसँग माग गर्नुभयो । नेपालमा हज हाउस नभएकै कारण कस्मिरी मस्जिदमा बस्न बाध्य भएको बताउँदै उहाँले अहिले पनि कस्मिरी मस्जिदमा बस्ने व्यवस्था नभए नेपाली हज यात्रीहरु अलपत्र पर्ने अवस्था रहेको उल्लेख गर्दै हज हाउसको व्यवस्थाका लागि पहल गरिदिन स्वास्थ्यमन्त्री पौडेलसँग आग्रह गर्नुभयो । यसपटक नेपालबाट साउदी अरबस्थित मक्कामा हज गर्न एक हजार एक सय ७० जना जाँदै हुनुहुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया