सगरमाथा बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : महामन्त्री शर्मा

326 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेकाे बताएका छन् । 

उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको जानकारी गराएका हुन् । 

उनले  लेखेका छन्,'अहिले म फाइनल अर्थात सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु । ६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसकेको हुँदा, सगरमाथा चढ्न पाउने मापदण्डमा म पर्छु र त्यही मापदण्ड बमोजिमको अनुमति पत्र पनि म सँग छ ।'

उनले सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा नपुगिने बताउँदै इच्छाएका कुरा हासिल गर्न सोही बमोजिमको योग्यता पनि हुनुपर्ने बताए ।