काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने बताउनुभएको छ।
बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यता क्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताउनु भयो ।
उहाँले कम्पिटिटिभ र ननडिभिटेबल व्यक्ति आउनुपर्ने बताउँदै योग्यताको आधारमा गभर्नर नियुक्ति हुनुपर्ने बताउनु भयो । देशलाई काम गर्नसक्ने मान्छे भए हुने उहाँको भनाइ छ । टिआरसीमा, डिसापियर कमिसनमा आफ्नो उम्मेदवार नरहेको पनि स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिस समितिको सिफारिसका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको स्पष्ट गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया