349
Shares
काठमाडौँ । संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने कार्यसूची छ ।
यस्तै कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले कानून, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२ पेश गर्नुहुने, आ.व. २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रश्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया