बनेपा नगरपालिकास्थित नालामा भएकाे आगलागीबाट १२ लाखकाे क्षति

809 Shares

काभ्रे । काभ्रेकाे बनेपा नगरपालिका वडानम्बर-४ नालास्थित रामेश्वर दाहालकाे घरमा गए राति १ बजे आगलागी भएकाे छ । 

ईंटाकाे गाराे र जस्ताकाे छानाे भएकाे दुई तले कच्ची घरमा भएकाे आगलागीबाट १२ लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ । 

बिजुलीकाे करेन्ट सर्ट भइ आगलागी भएकाे भन्ने खबर पाएलगत्तै प्रहरी र स्थानीयकाे सहयाेगमा राति साढे २ बजे आगाे नियन्त्रणमा आएकाे थियाे । साे आगलागीमा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् भने घर पूर्णरुपमा क्षति भएकाे छ । घटनामा मानवीय र चाैपायाकाे क्षति भने नभएकाे प्रहरीले जनाएकाे छ ।