566
Shares
काठमाडौँ। सोलुखुम्बुमा बुधबार साँझ ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडको भूकम्पकाे धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको छेस्काम आसपास रहेको केन्द्रले जनाएकाे छ । यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यस्तै १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया