नागढुंगामा  झगडामा उत्रिएका दुवै प्रहरीलाई कारबाही (भिडियाेसहित)

498 Shares

काठमाडौँ । काठमाडौँको नागढुंगामा प्रहरी कर्मचारीहरूबीचको कुटपिटको घटनामा संलग्न दुई प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ।

सामाजिक सञ्जालमा भिडियाे सार्वजनिक भएपछि दुवै प्रहरीलाई प्रधान कार्यालय बोलाएर छानबिन प्रक्रिया सुरु गरिएको छ।

ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई कुटपिट गरेको भिडियाे बुधबार दिउँसो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

त्यसलगत्तै दुवैलाई प्रधान कार्यालय बोलाइएको थियो । उक्त विषयमा थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला