सक्षम व्यक्तिलाई गभर्नर नियुक्त गरियोस्ः रेखा शर्मा

348 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्दा मुलुककै बेइज्जत भएको बताउनुभएको छ।

बुधबार प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुईतिहाईको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण सरकारमा आवद्ध दलको दलगत स्वार्थ नमिल्नु भएको बताउनु भयो । उहाँले राष्ट्रको बेइज्जत नगर्न र सक्षम तथा योग्य व्यक्तिलाई गभर्नर बनाउन सरकारलाई आग्रहसमेत गर्नुभयो । 

उहाँले दुईतिहाइको सरकारले एउटा गभर्नर नियुक्त गर्न नसक्नुको कारण जान्न आफू इच्छुक रहेको बताउनु भयो ।