सांसद सापकोटाद्वारा विपद् पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण

344 Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विपद्को पूर्वतयारीमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। 

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले विपद् तयारीमा जुट्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले प्रि मनसुन शुरु भएको र राजमार्गमा त्रास रहेको बताउनु भयो । वैशाख १ देखि २८ गतेसम्मको तथ्यांक हेर्दा ७३२ वटा विपद्का घटनाहरु भएकोमा २१ जनाको मृत्यु हुनुका साथै १७ करोड बराबरको क्षति भएको बताउनु भयो । सरकारका आपसी निकायहरुका बीचमा समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिला भइरहेको उहाँको भनाइ छ ।  

सांसद सापकोटाले चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने खोप्लाङमा सडक भासिएका कारण पूर्णरुपमा बन्द भएको बताउँदै तातोपानीबाट ल्याइएका स्याउ, लसुन लगायत बोकेका ३० वटा कन्टेनर र ५ सयभन्दा बढी विद्युतीय सवारीसाधन तातोपानी क्षेत्रमा अलपत्र परेको बताउनु भयो ।