पाकिस्तानमा भारतीय आक्रमणमा परि ४० सर्वसाधारण र ११ सैनिकको मृत्यु

531 Shares

काठमाडौँ । पाकिस्तानी सेनाले मंगलबार गत हप्ता पाकिस्तानभर भारतीय क्षेप्यास्त्र आक्रमणमा १५ बालबालिका र सात महिलासहित ४० सर्वसाधारण मारिएका बताएको छ । 

साथै १ सय २१ जना घाइते भएका छन् । पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सद्वारा जारी विज्ञप्ति अनुसार मातृभूमिको रक्षा गर्दा पाकिस्तानी सशस्त्र बलका ११ सदस्य मारिएका छन् । 

७८ जना घाइते भएका छन् । विज्ञप्तिकाअनुसार मृतकहरूमध्ये ६ जना पाकिस्तानी सेनाका थिए भने पाँच जना पाकिस्तानी वायु सेनाका थिए ।सिन्ह्वा