काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताउनुभएको छ।
मंगलबार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराउनु भयो । उहाँले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताउनु भयो । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानून मान्नै पर्ने बताउनु भयो ।
मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडोभन्दा चाँडो पारित गर्ने बताउनु भयो । साइबर क्राइम नियन्त्रण गर्ने कुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया