नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै भारतीय दूतावास अगाडि प्रदर्शन

369 Shares

काठमाडाैं । नेपालमाथिको हस्तक्षेप बन्द गर्न माग गर्दै काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ।

मंगलबार काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन भएको हो । नेपाली भूमि भारतमा पार्ने बद्नियतले भारत सरकारले महाकाली नदीमा एकपक्षीयरूपमा तटबन्ध निर्माण गरिरहेको भन्दै बिरोध जनाइएको हो । 

‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ‘ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले भारतीय दूतावासमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले नेपालमाथिको हस्तक्षेप बन्द गर, इण्डियन हस्तक्षेप मुर्दावाद, राष्ट्रपतिदेखि सबै कर्मचारीसम्मको सेवा सुविधा समान गर, गोर्खा भर्तीमा सम्झौता खारेज गर, मिटरब्याजी पीडितको सम्पत्ती फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।