२२ वर्षदेखि निर्माणधीन पुष्पलाल राजमार्ग किन बनेन् ? : सांसद केसी

350 Shares

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुष्पलाल राजमार्ग निर्माण प्रक्रिया छिटोभन्दा छिटो सक्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उहाँले पुष्पलाल राजमार्ग विगत २२ वर्षदेखि निर्माणको प्रक्रियामा भएपनि अहिलेसम्म सम्पन्न हुननसक्नु विडम्बनापूर्ण रहेको बताउनुभएको हो । 

सांसद केसीले हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीय जनताको बालीनाली र स्वास्थ्यमा गम्भीर असर पारेको भन्दै उक्त सडक तत्काल सम्पन्न हुने गरी ठेक्का आह्वान गर्न सरकारसँग आग्रह गर्नुभयो । साे सडक आफ्नो निर्वाचन क्षेत्रमा परेकाले कम्तिमा मतदातालाई सुनाउनकै लागि भएपनि के कारणले बनेन र अब कति समयमा बन्छ भन्ने विषयमा सरकारले केही बालिदिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अबको बजेटले पुष्पलाल राजमार्ग तुरुन्त निर्माण हुने वातावरण बनाउनेमा आफू आशावादी रहेको बताउनु भयो ।