राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँः सांसद सिंह

356 Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोक्न माग गर्नुभएको छ।

प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । ‘संघको बजेट आउनुभन्दा पहिला ७७ जिल्लामै जिल्ला दर रेट कायम गर्नुपर्ने भन्दै दर रेट कायम गर्दा अर्बौं रुपैयाँको भाग कर्मचारीदेखि नेतासम्म पुग्ने गरेको उल्लेख गर्नुभयो । 

उहाँले रड, सिमेन्ट, आदिमा दर रेट कायम गर्दा राजश्व कार्यालयलाई पनि राय लिनुपर्ने बताउनु भयो । नीतिगत भ्रष्टाचार रोक्न माग गर्दै राजश्व कार्यालयसँग राय लिएपछि मात्रै दर रेट कायम गर्नु पर्नेमा जाेड दिनुभयाे ।