काठमाडाैं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
राष्ट्रिय सभाको बैठक भने दिउँसो १ः१५ मा बस्ने संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार दुवै सदनको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) मा सभामा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया