नीति तथा कार्यक्रमसम्बन्धी छलफलको प्रक्रियामा सुधार आवश्यक भए नियमावली संशोधन गर्नुपर्छः नेता भट्टराई

327 Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रमसम्बन्धी छलफलको वर्तमान प्रक्रियामा सुधार आवश्यक भए संसदको नियमावली संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले नीति तथा कार्यक्रममाथिको भएको छलफलको प्रक्रिया नयाँ नभई विगतदेखि चल्दै आएको प्रक्रिया भएको स्पष्ट पार्नुभयो । प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रम संसदमा छलफलअघि नै प्रधानमन्त्रीबाट प्राथमिकता पेश गरी र सुझाव संकलन नगरिएको भन्दै आपत्ति जनाएका थिए  । सांसद भट्टराईले यदी नयाँ ढंगले अगाडि बढ्न खोजेको भए संसदको नियमावली संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । 

विपक्षी दलहरूले सत्तामा हुँदा अपनाइएको प्रक्रियामार्फत नै नीति तथा कार्यक्रममाथि छलफल गरिएको भन्दै उहाँले यसको विरोध गर्नुको कुनै तुक नरहेको बताउनु भयो ।