बागमती प्रदेशसभा अधिवेशन जेठ ५ गते

371 Shares

मकवानपुर  । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको  १६ औँ अधिवेशन आह्वान गरेका छन् ।  

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ बजे बैठक बस्नेगरी उनले अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३  को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिइन् ।