निवर्तमान गभर्नर अधिकारीविरूद्ध सर्वोच्चमा रिट, वैशाख ३० गतेका लागि पेसी ताेकियाे

464 Shares

काठमाडाैँ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । 

उनी पदमा रहँदै गभर्नर सिफारिस समितिमा बस्नु गैरकानुनी भएको दाबी गर्दै अधिवक्ता नवीन धितालले रिट दायर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको गभर्नरबाट अधिकारीले उमेरहदका कारण गत २४ चैतमा अवकास पाएका थिए । सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ११ चैतमै गभर्नर सिफारिस समिति बनाएको थियो । सो समितिमा राखिएका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई नियुक्त गरिएको हो।

पदमा बहाल रहेकै अवस्थामा गठन भएकाे सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबीसहित रिट दर्ता गरिएको हाे । रिटमाथि वैशाख ३० गते पेसी तोकिएको छ ।