नीति तथा कार्यक्रम राष्ट्रिय सभाको बैठकद्वारा पनि बहुमतले पारित

308 Shares

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।