सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित

361 Shares

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल सुरु भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्‌को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।