कालीगण्डकी नदीबाट अवैधरुपमा बालुवा, ढुङ्गा, गिटी उत्खनन् राेकियाेस्ः अध्यक्ष केसी

410 Shares

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैधरुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्नु भनेर सर्वोच्च अदालतले आदेश गर्दापनि कर्मचारी र जनप्रतिनिधिहरु मिलेर दोहन गरिरहेको आरोप लगाउनु भयो । 

तत्काल उक्त नदीबाट बालुवा, ढुङ्गा गिटी उत्खनन नरोकिए नदी छेउको बाटो नै भासिने जोखिम रहेको उहाँले बताउनु भयो । कालीगण्डकी नदीबाट अवैधरुपमा भइरहेको बालुवा, ढुङ्गा, गिटी उत्खनन् रोक्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।