उन्नति र समृद्धिको आधार महिलाको समान अधिकारः अध्यक्ष यादव

422 Shares

जनकपुर । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाको समानता विकासको आधार भएको बताउनुभएको छ । 

जनकपुरमा समाजवादी महिला संघ, नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उन्नति र समृद्धिको आधार महिलाको समान अधिकार भएको उल्लेख गर्दै उहाँले आज पनि महिलाहरुमाथि धेरै खालका विभेदहरु हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

महिलामाथि हुने विभेदमा एउटा लैङ्गिक असमानता रहेको बताउँदै नेपालमा तुलनात्मकरुपमा सबैभन्दा बढी महिला हिंसा मिथिला भूमिमै हुने गरेको बताउनु भयो । अध्यक्ष यादवले शिक्षामा सबैभन्दा बढी महिला पछि परेको स्थान मधेस प्रदेश नै रहेको बताउनु भयो ।