राज्य व्यवस्था तथा सुशासन र पूर्वाधार विकास समितिको बैठक आज बस्दै

338 Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ८ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ९ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१, समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।