वन क्षेत्र अब बढाउन सकिँदैन, सघन वनतर्फ अघि बढौँः प्रधानमन्त्री

376 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको फडानी हुन नहुने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकास र वातावरणमा सन्तुलन जरुरी रहेको बताउँदै वन क्षेत्रमै सालघारी फँडानी गर्न नहुने बताउनु भयो । पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमै वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको आरोप लगाउँदै उहाँले वैज्ञानिकताको नाममा गरिएको सालघारी फँडानीको बिरोध आफूहरुले गरिरहेको बताउनु भयो । 

उहाँले सालघारी फँडानीको काम रोकिनुपर्ने भन्दै सालघारी सर्पट फँडानीको गल्ती गर्न नहुने बताउनु भयो । वैज्ञानिक तरिकाले सालघारीको सदुपयोग गरिनुपर्ने र वन क्षेत्र अब धेरै बिस्तार गर्न नसकिने पनि बताउनु भयो । सघन वनतर्फ अघि बढ्ने नीति अपनाउन जरुरी रहेको बताउनु भयो । वन क्षेत्रमा पर्ने ग्रामिण क्षेत्रका छेउका खाली जमिनहरुमा कृषकका समूह बनाएर कृषि वन लगाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले राणाकालीन समयमा सिंहदरबारमा रोपिएका आँप अहिले पनि फलिरहेको बताउनु भयो ।