406
Shares
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई ९ विकेटले हराएको छ।
वर्षाले ५ ओभरमा छोट्याइएको खेलमा बहराइनको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
कविता कुँवरले १८ र सम्झना खड्काले १३ रन बनाए । बहराइनकी दिपिका रंगासिकाले ३४ रन जोडिन् ।
पहिलो खेल हङकङसँग वर्षाले रद्द भएको थियो । नेपालले मंगलबार हङकङसँग खेल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया