आतंकवादको बिरुद्धमा पाकिस्तानी दूतावास अगाडि पनि प्रदर्शन

424 Shares

काठमाडाैं । आतंकवादको बिरुद्धमा पाकिस्तानी दूतावास अगाडि पनि प्रदर्शन भएको छ । 

शुक्रबार मध्यान्ह काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले पाकिस्तानः पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । 

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज काठमाडौंथित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको हो ।