लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय नेता डंगोलको भूमिका अविस्मरणीयः देउवा

358 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। 

बिहीबार काठमाडौंमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय डंगोलले निर्वाह गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको बताउनु भयो । सभापति देउवाले स्वर्गीय नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताउनु भयो । 

पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवासँगै उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्णप्रसाद सिटौला लगायत उपस्थित हुनुहुन्थ्यो । नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो ।