भारतीय हवाई आक्रमणमा आठ पाकिस्तानी नागरिकको मृत्यु, ३५ जना घाइते

355 Shares

काठमाडौं । भारतले मंगलबार मध्यरातमा गरेको हवाई आक्रमणबाट पाकिस्तानमा आठ जनाको मृत्यु भएको छ । 

पाकिस्तान आर्मी इन्टर–सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले जनाए अनुसार हालसम्म आठ जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । 

गए राति पाकिस्तानले पहलगाममा पयर्टकमाथि भएको आतंककारी आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको जनाएको छ ।

भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।एजेन्सी