गाजा । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् ।
नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जनाभन्दा बढी मानिसहरूलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँच जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।
गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् । गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ ।एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया