अहिले विचौलिया राज छ, पार्टीदेखि आर्थिक संस्थाहरु कब्जामा छन्ः स्वर्णिम वाग्ले

383 Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताउनुभएको छ।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उहाँले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताउनु भयो । उहाँले अहिले विचौलियाको राज भइरहेको आरोपसमेत लगाउनु भयो । उहाँले पार्टीहरु विचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरु पनि कब्जामा रहेको बताउनु भयो । 

वाग्लेका अनुसार भावनामा बगेरभन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–ब्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैरबैंकिङ सम्पती डरलाग्दो तवरले बढेकोसमेत उहाँले बताउनु भयो ।