भारतको निर्यात अहिलेसम्मकै उच्च बिन्दुमा

354 Shares

काठमाडौं । भारतको कुल निर्यात ६ प्रतिशत भन्दा बढीले बढेर आर्थिक वर्ष २०२४–२५ (अप्रिल २०२४–मार्च २०२५) मा ८२४.९ अर्ब अमेरिकी डलरको उच्चतम बिन्दुमा पुगेको छ । 

वाणिज्य तथा उद्योग मन्त्रालयले अघिल्लो आर्थिक वर्षमा देशको कुल निर्यातको आंकडा ७७८.१ अर्ब डलर रहेको बताएको छ । सेवा निर्यातले समग्र निर्यातको वृद्धि गतिलाई निरन्तर अगाडि बढाइरहेको छ । सेवा निर्यात ३८७.५ अर्ब डलरको ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.६ प्रतिशतले वृद्धि हो । 

आर्थिक वर्ष २०२४–२५ मा, पेट्रोलियम उत्पादनहरू बाहेक व्यापारिक वस्तु निर्यात ३७४.१ अर्ब डलरको रेकर्डमा पुगेको छ । जुन आर्थिक वर्ष २०२३–२४ को तुलनामा ६ प्रतिशतले वृद्धि हो ।सिन्ह्वा