काठमाडौं । नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको काँग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताउनु भयो । काँगेसले संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताउँदै उहाँले काँग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने पनि बताउनु भयो । नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको बताउनु भयो ।
प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी काँग्रेसले भुमिका खेल्ने बताउँदै उहाँले विधेयक निर्माणमा सांसदहरुको भूमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताउनु भयो । विधेयक निर्माणको गतिलाई तिब्रता दिन काँग्रेसले सक्रियतापूर्वक संसद र समितिहरुमा काम गर्ने उहाँको भनाइ छ ।
प्रमुख सचेतक घिमिरेले शिक्षकसँग गरिएको सहमति अनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरुको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया